Monday 30th March 2026

नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी


काठमाडौं- नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ। नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू बैठकमा सहभागी छन्। दिउँसो १ बजेदेखि बैठक जारी रहेको  छ।

एमाले पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक बस्दै आएको छ । बिहीबार पनि कार्यदलको बैठक बसेको थियो तर गृह तथा अर्थमंत्री  बिष्णु पौडेल  व्यस्त भएपछि आज बस्ने गरि स्थगित भएको थियो  भने  कार्यदलका सदस्यहरुले  तयार पारेका बुदाहरुमा   सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए। नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि कुनै   प्रगति हुन नसकेको बताएका थिए।

सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...