Friday 23rd January 2026

नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी


काठमाडौं- नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ। नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू बैठकमा सहभागी छन्। दिउँसो १ बजेदेखि बैठक जारी रहेको  छ।

एमाले पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक बस्दै आएको छ । बिहीबार पनि कार्यदलको बैठक बसेको थियो तर गृह तथा अर्थमंत्री  बिष्णु पौडेल  व्यस्त भएपछि आज बस्ने गरि स्थगित भएको थियो  भने  कार्यदलका सदस्यहरुले  तयार पारेका बुदाहरुमा   सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए। नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि कुनै   प्रगति हुन नसकेको बताएका थिए।

सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...