Tuesday 31st March 2026

दार्चुलामा पहिरोमा परी ३ जनाको मृत्यु, एक घाइते


तीतोपाटी डटकम-वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका—३ चौखुट्टे बस्ने ७२ वर्षीय गेउडी ठगुन्ना, उनकी ३ महिने नातिनी मन्जरी ठगुन्ना र सोही ठाउँ बस्ने वर्ष २९ का लक्ष्मण सिंह सितोली रहेको दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । गएराति भएको अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोमा पुरिएर एकै परिवारका दुई गरी तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

उक्त पहिरोमा परेर अर्की १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छन् । बुधबार राती पहिरो संगै खोलामा आएको बाढीले ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको उहाले जानकारी दिनुभयो । बाढीले खार र जामिर जोड्ने ५० मिटर लामो झोलुङ्गे पुल समेत बगाएको छ । उद्धारका लागी घटनास्थल तथा जिल्ला भरीका प्रभावित क्षेत्र तर्फ प्रहरी परीचालन गरीएको प्रहरी नायव उपरिक्षक भट्टले बताउनुभयो ।

गाउँपालिका–६ धुलीगाडा स्थित २ वटा पानी घट्ट, ३ आरसीसी पुल, ३ खानेपानीका मुहान बगाएको छ, भने स्वास्थ्य चौकी भवन जोखिममा रहेको खबर प्राप्त भएको उहाले बताउुनभयो । घट्ना गएरातीको भए पनि फोन नेटवर्कको समस्याका कारण ढिलो गरी जानकारीमा आएको हो ।

@किरन धामी, दार्चुला ।न्यूजअफनेपालबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...