Tuesday 13th October 2026

माओबादी केन्द्र खारेजीको माग राख्दै निर्वाचन आयोगमा उजुरी


काठमाडौं- एमालेमा प्रवेश गरेका ‘पूर्व माओवादी’ नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा आज (बुधबार) निवेदन दर्ता गरेका छन् । पूर्व माओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा रामचन्द्र मण्डल, गिरिधारिलाल न्यौपानेलगायतले बुधबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

‘माओवादी केन्द्रको तर्फबाट ४ जना संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिमाथि कारबाही गरियो । त्यो कारबाही अवैधानिक छ । पार्टी अवैधानिक छ । किनभने ०६९ साल माघ २० देखि २६ सम्म महाधिवेशन भयो । त्यसपछि माओवादी केन्द्रको महाधिवेशन भएको छैन,’ थापाले भने, ‘निर्वाचन आयोगमा ०७३ सालभित्र महाधिवेशन गरिन्छ भनेर जानकारी गराइयो तर महाधिवेशन भएन । निर्वाचन आयोगमा दर्ता नभएका पार्टीलाई कानुनले चिन्दैन । अवैधानिक पार्टीले कारबाही गरिराखेको छ भनेर दाबी पेस गर्न हामी आयोग आएका हौं ।’

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो । यस्तै, तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’ र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो ।

नेकपा (माओवादी केन्द्र) को हैसियत नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार गुमिसकेको हुँदा दल दर्ता गरिपाउँ भनेर निवेदन आएको र त्यो दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘निवेदनमा पेस भएको व्यहोराको सन्दर्भमा सचिवालयमा अध्ययन भइसकेपछि त्यसबारे आयोगले केही निर्णय गर्छ,’ श्रेष्ठले भने ।पूर्व माओवादीका एक नेताका अनुसार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गराउने तयारी छ । त्यही तयारीअन्तर्गत पूर्व माओवादी नेताहरु आयोग गएका हुन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

बुल्गेरियाको कालो सागर तटनजिक दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण हुँदा ११ जना नाविक बेपत्ता भएका छन् भने केही घाइते भएका…

चीनको इनर मङ्गोलियास्थित उलानकाब (Ulanqab) शहर कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासका लागि महत्वपूर्ण केन्द्रका रूपमा उदाउँदै गएको छ। केही वर्षअघिसम्म…

प्रतिकृयाहरू
...