Sunday 11th October 2026

आज कुन – कुन स्थानमा भारी वर्षाको सम्भावना ?


तीतोपाटी डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले देशका विभिन्न भागमा वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको हो ।

महाशाखाले आज बिहान देशका अधिकांश भूभागहरुमा सामान्य देखि पूर्ण बदली भई प्रदेश १ का केही स्थानहरुमा मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । साथै, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा हल्का वर्षा भईरहेको छ।

यसैगरी, आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश का केही स्थानहरुमा र लुम्बिनी प्रदेश, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशका अधिकांश भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।भने, प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

@रातोपाटो डटकम


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...