Sunday 29th March 2026

विपक्षी गठबन्धनका शीर्ष नेताले पत्रकार हरुसँग अन्तरक्रिया गर्दै


तितोपाटी- विपक्षी गठबन्धनका शिर्ष नेताहरुले आज विभिन्न मिडियाका राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएका छन्।

दिउँसो दुई बजेपछि संसद भवनमा छलफल कार्यक्रम राखिएको नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार विपक्षी गठबन्धनका शीर्ष नेता शेरवहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, माधवकुमार नेपाल र दुर्गा पौडेलले सम्पादकहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। यसैगरी विपक्षी गठबन्धनले बुद्धिजिवी र नागरिक समाजसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।
गत बुधबार देउवा निवासमा बसेको गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध पत्रकार नागरिक समाज, बुद्धिजीवीलगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...