Friday 23rd January 2026

निषेधाज्ञा खुकुलो भएसँगै भिसा लगाउन युवाहरू काठमाडौंमा


तितोपाटी- निषेधाज्ञा खुकुलो भएसँगै देशका विभिन्न जिल्लाका युवाहरू वैदेशिक राेजगारका लागि भिसा लगाउन काठमाडौं आउन थालेका छन् । कोरोना संक्रमण दरमा कमी आएपछि सरकारले निषेधाज्ञा केही खुकुलो गरेसँगै देशका विभिन्न जिल्लाबाट युवाहरू वैदेशिक रोजगारीका लागि भिसा लगाउन काठमाडौं आउन थालेका हुन् ।
महोत्तरीका निजिम राजा करिब १ वर्ष कतार बसेर फर्किएका थिए । त्यतिबेला कतार जादा मेनपावरले भने बमोजिमको काम र तलब नपाउँदा उनी घर फर्किएका थिए । त्यतिबेला लागेको ऋण तिर्न उनी अहिले फेरि कतारको भिसा लगाउन काठमाडौं आएका छन् । सर्लाहीका अमर महता पनि नेपालमा भनेजस्तो रोजगारी नपाएपछि कतारको भिसा लगाउन आएका छन् ।

साभार बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...