Saturday 15th November 2025

इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगायो


तितोपाटी- सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगाएको छ । असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको तीन तले घर इन्द्रवती नदीको कटानको कारण ढलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुुभयो । उहाँका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीनतले घर नदी कटानको कारण ढलेको हो । यद्यपी दुलालको परिवार भने सुरक्षित हुनुहुन्छ ।

असार १ गतेको बाढीले घरमा क्षति पुर्याएपछि उहाँहरु अन्तै कोठा लिएर बस्नुभएकोले सबै सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेका कारण इन्द्रवती नदीमा भने पानीको बहाव बढेका कारण नदी आसपास र तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको उहाँले बताउनुभयो । असार १ गतेदेखि मेलम्चीमा आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौ बेपत्ता भएका छन् । त्यस्तै चार सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...