Sunday 29th March 2026

इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगायो


तितोपाटी- सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगाएको छ । असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको तीन तले घर इन्द्रवती नदीको कटानको कारण ढलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुुभयो । उहाँका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीनतले घर नदी कटानको कारण ढलेको हो । यद्यपी दुलालको परिवार भने सुरक्षित हुनुहुन्छ ।

असार १ गतेको बाढीले घरमा क्षति पुर्याएपछि उहाँहरु अन्तै कोठा लिएर बस्नुभएकोले सबै सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेका कारण इन्द्रवती नदीमा भने पानीको बहाव बढेका कारण नदी आसपास र तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको उहाँले बताउनुभयो । असार १ गतेदेखि मेलम्चीमा आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौ बेपत्ता भएका छन् । त्यस्तै चार सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...