Friday 26th December 2025

ठाकुरले बोलाएको बैठक बहिष्कार गर्ने यी हुन् आठ निवर्तमान सांसद


तीतोपाती डटकम-सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बिहीबार बोलाएको बैठकमा उपस्थित सदस्य हेर्दा पनि थाहा हुन्छ ।सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए । बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए । तर, बैठकमा आधाजसो निवर्तमान सांसद अनुपस्थिति भए ।

अनुपस्थित भएकामध्ये आधाभन्दा बढी काठमाडौंमै बसेर बैठकमा गएनन् । कोहीले काठमाडौंबाहिर भएको कारण देखाउँदै बैठकमा जान नसकेको बताए।जसपाको संसदीय दलमा ठाकुर पक्षका २० र उपेन्द्र यादव पक्षका १२ जना सांसद छन् । यादव पक्षका ५ जना सांसदहरू वीमल श्रीवास्तव, उमाशंकर अरगरैया, रुही नाथ, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरूङ कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेपछि संसदीय दलमा ठाकुर पक्ष बलियो भएको हो ।

बिहीबार ठाकुर पक्षले बोलाएको बैठकमा राजकिशोर यादव, विमल श्रीवास्तव, प्रमोद साह, नरमाया ढकाल, रुही नाथ, दुलारी देवी खतवे, अमृता अग्रहरी, रानी मण्डललगायतका सांसद अनुपस्थित भए।

रातोपाटिबाट


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...