Wednesday 26th June 2024

चार्टर्ड उडानमा यात्रु ठगिएको गुनासोपछि छानबिन समिति गठन


तितोपाटी- चार्टर्ड उडानको नाममा सर्वसाधारण ठगिएको गुनासोपछि सरकारले छानबिन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । चार्टर्ड उडानका नाममा निजी वायुसेवा कम्पनीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग चर्को भाडा असुलेको गुनासो आएपछि छानबिन समिति गठन गरिएको महानिर्देशक पोख्रेलले बताए ।

उनले एयरलाइन्सबाट जानकारी लिएर हेर्दा ट्राभल एजेन्सीले बढी पैसा लिएको देखिएको बताए । “त्यसभित्रको रहस्य के कसो छ, बुझ्न बाँकी छ । कारबाहीका लागि पनि नेपाल प्रहरीमार्फत प्रक्रिया अगाडि बढाएका छौँ,” उनले भने ।

ट्राभल एजेन्सीलाई प्रदेश सरकारअन्तर्गत रहेको पर्यटन विभागले हेर्छ । “उसैले कारोबार अनुमति दिने भएकाले उसैलाई छानबिनको जिम्मा दिएको भए अझ सहज हुने भए पनि समिति सबै पक्षबाट सदस्य रहेकाले भविष्यमा यस्तो हुन नदिन के गर्नुपर्छ ? अहिले भएका बद्मासीलाई कसरी कानुनी दायरामा ल्याउने ? के–कस्तो कारबाही गर्न सकिन्छ, सिफारिस गर्ने गर्छौँ,” उनले भने ।

सरकारले सीमित देशमा हप्ताको एउटा मात्र अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै केही ट्राभल एजेन्सीले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को शुल्क लिएको गुनासो मन्त्रालयसम्म पुगेपछि छानबिन समिति गठन गरिएको हो ।बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन गरेर चिनियाँ अन्तरिक्षयान 'चाङ्ग‍-अ सिक्स' पृथ्वीमा फर्किएको छ। 'चाङ्ग‍'अ…

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुराचारमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले सोमबार बम्जनलाई दोषी…

पुष्कर अथक रेग्मी - नमस्ते आधुनिक लघुकथा मञ्चको छैठौं वार्षिकोत्सबको अवसरमा दोस्रो दिन मञ्चको वालमा लघुकथाकार लक्ष्मण अर्यालद्वारा लिखित एवं…

प्रतिकृयाहरू
...