Sunday 29th March 2026

नेपालमा कोरोनाविरुद्धको खोप परीक्षण गर्न बाटो खुल्यो


तितोपाटी- नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षणका लागि बाटो खुलेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेका खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएसँगै बाटो खुलेको हो ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए ।

अहिले विश्वभरका जनताले लगाइरहेको खोप पनि परीक्षणमै रहेकाले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणका लागि अनुरोध गर्न सकिने बताए । परीक्षण गर्न आउने खोप उत्पादकले त्यस देश जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताए ।

नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परीक्षण भएकाले कोरोनाविरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने डा. ज्ञवालीले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनासम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ ।

साथै आगामी १७ र १८ असारमा काठमाडौंमा बृहत् सम्मेलन गर्न लागेको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...