Friday 23rd January 2026

नेपालमा कोरोनाविरुद्धको खोप परीक्षण गर्न बाटो खुल्यो


तितोपाटी- नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षणका लागि बाटो खुलेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेका खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएसँगै बाटो खुलेको हो ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए ।

अहिले विश्वभरका जनताले लगाइरहेको खोप पनि परीक्षणमै रहेकाले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणका लागि अनुरोध गर्न सकिने बताए । परीक्षण गर्न आउने खोप उत्पादकले त्यस देश जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताए ।

नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परीक्षण भएकाले कोरोनाविरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने डा. ज्ञवालीले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनासम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ ।

साथै आगामी १७ र १८ असारमा काठमाडौंमा बृहत् सम्मेलन गर्न लागेको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...