Tuesday 20th January 2026

कोरोनाले बिते पूर्वराज्यमन्त्री बिष्ट


तीतोपाटी डटकम-नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ।सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।

देउवा दु:खी

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिष्टको निधनको खबरले आफू दु:खी भएको उल्लेख गरेका छन्।‘उहाँको निधनको खबरले म निकै दु:खी छु। तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो। उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ,’ देउवाले ट्वीट गर्दै भनेका छन्।

साभार-सेतोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...