तितोपाटी- नेपालमा दोस्रो लहरको कोभिड संक्रमण घट्दै गर्दा तेस्रो लहरको आउनसक्ने जोखिम उत्तिकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउनसक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुने भन्दै पूर्वतयारीका लागि निरन्तर आग्रह गरिरहेको छ ।
सरकारले जनजीविकालाई सहज गराउन निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर, संक्रमणको जोखिमबाट बचाउन महत्वपूर्ण माध्यम साबित भएको कोभिड–१९ विरुद्धको खोप नागरिकलाई उपलब्ध गराउन सरकारले पर्याप्त पहल गरेको देखिँदैन । यही अवस्थामा तेस्रो लहरको संक्रमण देखिए र संक्रमण फैलिने समयसम्म बढीभन्दा बढी नागरिकले खोप नपाए संक्रमणले ठूलो क्षति पुर्याउने आकलन विज्ञहरूले गरेका छन् ।
बाह्रखरीबाट