Tuesday 31st March 2026

रुपन्देहीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो


तीतोपाटी डटकम- बुटवल । रुपन्देहीको देवदहमा डाइभर्सन बगाउँदा तीन दिनसम्म अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ।सडक डिभिजन कार्यालय बुटवलले उक्त स्थानमा पुनः डाइभर्सन बनाएपछि बिहीबार राति ९ बजेदेखि राजमार्ग सन्चालनमा आएको हो ।

बुटवल–नारायणगढ सडक चार लेनमा विस्तार गर्ने क्रममा बुटवल धागो कारखानाबाट ५ सय मिटर पूर्व देवदह र तिलोत्तमामा पर्ने सानो पुल भत्काएर चार लेनको बनाउन डाइभर्सन बनाइएकोमा भारी वर्षाले बगाइदिएको थियो ।पुनः डाइभर्सन बनाएपछि बुटवलबाट उक्त स्थान हुँदै पूर्वतर्फ जाने सवारी साधनहरु चल्न थालेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको गौडापुलमा पहिरोले अवरुद्ध सडक पनि बिहीबार साँझदेखि एकतर्फी खुलेको छ ।

साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...