Tuesday 31st March 2026

रोनाल्डोको कीर्तिमानी गोल, अन्तिम ६ मिनेटमा तीन गोल गर्दै पोर्चुगल विजयी


तीतोपाटी डटकम-काठमाडौं । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने राफेल गुरेइराले एक गोल गरे ।

लगातार पाँच संस्करण युरोकप खेल्ने पहिलो खेलाडीसमेत बनेका रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीलाई पछि पार्दै गोल संख्या ११ पुर्‍याए । खेलअघि रोनाल्डो र प्लाटिनीको समान ९ गोल थियो । ८७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए।

बुढापेस्टस्थित पुस्कास एरेनाले घरेलु दर्शकको साथ पाएको हंगेरीले ८३ मिनेटसम्म पोर्गुचललाई गोल गर्नबाट रोकेको थियो । तर पोर्चुगलले खेलाडी परिवर्तन गरेपछि खेलको गति पनि परिवर्तन भयो । ८१औं मिनेटमा प्रशिक्षक फर्नान्डो सान्तोसले डिएगो जोटाको स्थानमा आन्द्रे शिल्भा र विलियम कार्भाल्होको स्थानमा रेनाटो सान्चेजलाई मैदान प्रवेश गराएका थिए ।

८४औं मिनटमा राफेल गुरेइराले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । उनलाई ७१औं स्थानमा बर्नार्डो शिल्भाको स्थानमा मैदान प्रवेश गरेका राफा शिल्भाले पास दिएका थिए ।८७औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे भने सर्वाधिक गोलकर्ताको कीर्तिमानसमेत बनाए । राफा शिल्भालाई नै हंगेरीका ओर्बानले फाउल गर्दा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरे ।

रोनाल्डोले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले ३-० को जित हात पारेको हो।ग्रुप अफ डेथमा रहेको पोर्चुगलले पहिलो खेल जित्दै ३ अंक जोडेको छ । यस समूहमा विश्वविजेता फ्रान्स र जर्मनीसमेत छन् ।

साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...