Friday 26th December 2025

बाढी बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला


तीतोपाटी डटकम-मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।

उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’

सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

प्रतिकृयाहरू
...