Monday 19th January 2026

मधुसूदन प्रसाद घिमिरेको झरना


“झरदेखी झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना


काम खोसिदै छ ।
आगो झोसिदै छ।


ए कोरोना! तँ त खतरनाक तैले खाने खाइस्
नखानेलाई तुङ्गिन् बनाइस् ।


भै राखेको काम पनि हुँदै छ तमाम्
न टेक्ने हाँगो, न समाउने खुड्किलो सबै भो तमाम् ।


तैले गर्न खोज्या चाहिँ के हो ?
खेतिवाल बाहेक अरु मार्ने हो ?


दिने तालिका बनाएको खोप पनि सरकार रोक्छ
ठूला ठूला कुरा गर्छु भन्दै भाषण ठोक्छ ।


घर घरमा लगेर खोप लगाउनु पर्ने यो अवस्था
लाइन बसेर पनि खोप नपाउने तेरा काम कस्ता ?


अनुदानका खोप मागेर हुन्छ ?
नगद तिरी किने तेरो के जान्छ ?


मान्छे बाँचे त कर तिर्लान्
सबै मरे के कर तिर्लान् ?


सङ्घियता पाल्ने बजेट छ
खोप किन्ने चाहिँ बजेट भागे छ !

१०
सँधै थुनिरहनुभन्दा घर घरमा नै खोप पु-याउ
नागरिकलाई सरकार छ भन्ने आश्वस्त तुल्याउ।

११
आज जेष्ठ सत्ताइस गते बिहानीमा नमस्कार
झर विज्ञहरूमा मनैले गरे आदर सत्कार ।

१२
आज औंसी तिथि, निसिव बार्ने पितृ तिथि
वर पिपल वृक्षमा पूजा गर्नाले मोक्ष हुने तिथि ।

१३
आजको तिथिको नाम बटसाबित्री औंसी
तराईका दिदी बहिनिले आज दिन भर व्रत बसि ।

मधुसूदन प्रसाद घिमिरे, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...