Friday 3rd April 2026

रोजमेरीको राज मसला मात्रै होइन, औषधि पनि


आर बि बुढाथोकी-तीतोपाटी डटकम-नेपालमा अहिले रोजमेरी खेती सहज छ र जहाँत्यहीँ देख्न सकिन्छ । विदेशी जडी भनेर चिनिएको रोजमेरी खानामा बासनादारका लागि मात्र प्रयोग गरिने होइन, औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसका कैयौ स्वास्थ्य सम्बन्धी फाइदा छन् ।रोजमेरीमा एक अद्भूत स्वाद र सुगन्ध हुने हुँदा खानामा पनि यसको व्यापक प्रयोग गर्न थालिएको छ । रोजमेरी ताजा र सुकेको दुवै किन्न पाइन्छ ।

यसको वैज्ञानिक नाम रोजमेरिन आफिसिनलिस हो । तर संसारमा यसलाई सामान्यतया रोजमेरी वा गुलमेहदीको नामले चिनिन्छ । रोजमेरी एक प्राकृतिक औषधि पनि भएका कारण विज्ञको सल्लाहअनुसार सेवन गरेमा यसका कैयौ फाइदाहरू छन् । यसमा पोटासियम, कार्बोहाइड्रेट, क्याल्सियम, म्याग्नेसियम, भिटामिन ए, बी, सी, डी, ई प्रशस्त मात्रामा पाइन्छ ।

रोजमेरीमा पाइने कारोसोलमा क्यान्सर प्रतिरोधात्मक क्षमता भएको पाइएको छ । स्तन क्यान्सर, ब्रेस्ट क्यान्सर, ल्यूकेमिया, स्किन क्यान्सर आदि विभिन्न क्यान्सरको उपचारको लागि रोजमेरीको प्रयोग उपयुक्त भएको बताइन्छ ।रोजमेरीको तेल कुनै पनि दुःखेको अंगमा लगाउँदा दुखाइ कम हुन्छ । रोजमेरीमा कारनोसिक नामक तत्व पाइन्छ, जसले दिमाग स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

रोजमेरीको प्रयोगले अल्जाइमर जस्ता मानसिक रोगबाट पनि छुटकारा दिलाउँछ । विश्वमा नै जटिल मानिएको माइग्रेनको उपचारमा रोजमेरीले समाधान निकालेको छ । रोजमेरीलाई माइग्रेनको प्राकृतिक उपचारको रूपमा लिन सकिन्छ ।

यदि तपाईंको घर वरपर रोजमेरी रोप्नुभएको छ भने लामखुट्टे आउने डर पनि रहन्न र घरको सुगन्ध बढ्छ ।

रोजमेरी सेवन गर्दा हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू –

– तनाव कम गराउन रोजमेरीको सेवन उत्तम मानिन्छ ।

– कपाल झर्ने समस्या हुनेका लागि पनि रोजमेरी एक राम्रो जडी हो ।

– मसल पेनको समस्या छ भने रोजमेरी अति नै उपयोगी सावित छ ।

– रोजमेरीको नियमित सेवनले अल्सर हुनबाट पनि जोगाउँछ ।

– ब्लड सुगर लेबल घटाउन पनि सहयोगीसिद्ध छ ।

– शरीरमा बेला–बेलामा हुने आलस्यपनलाई कम गरेर चंगा गराउन मद्दत गर्छ ।

– टाउको दुखाइको समस्या हुनेका लागि पनि रोजमेरी राम्रो मानिन्छ ।

– आँखाको भिजनका लागि पनि यो जडी अति राम्रो मानिन्छ ।

– मुटु सम्बन्धी समस्या हुनेलाई पनि यो जडी फाइदाजनक छ ।

– रोजमेरी नियमित सेवन गर्नाले क्यान्सर हुने डर पनि रहन्न ।

– खाना पचाउन पनि यो जडी निकै सहयोगीसिद्ध छ ।

– तौल घटाउन चाहनेहरूका लागि पनि रोजमेरी राम्रो हुन्छ ।

– कपाल लामो बनाउन समस्या हुनेले पनि नियमित रोजमेरी सेवन गर्न सकिन्छ ।

रोजमेरीका फाइदाहरू –

रोजमेरी एक प्राकृतिक औषधि हो, जसलाई गुलमेहदी, केशवास आदिको नामले पनि चिनिन्छ । सामान्यतया यसको प्रयोग खानामा फ्लेवर वा वासना राख्न लागि गरिन्छ । भारतीय भान्सामा पनि यसको प्रयोग भएको पाइन्छ ।

रोजमेरीमा पोटासियम, कार्बोहाइड्रेट, क्याल्सियम, म्याग्नेसियम, भिटामिन ए, बी, सी, डी आदि प्रशस्त मात्रामा पाइन्छ ।

१) क्यान्सरबाट बचाउँछ

रोजमेरीमा पाइने कारोसोलमा क्यान्सर प्रतिरोधात्मक क्षमता भएको पाइएको छ । स्तन क्यान्सर, ब्रेस्ट क्यान्सर, ल्यूकेमिया, स्किन क्यान्सर आदि विभिन्न क्यान्सरको उपचारका लागि उपयुक्त भएको बताइन्छ ।

२) दुखाइ कम गर्छ

रोजमेरीको तेल कुनै पनि दुःखेको अंगमा लगाउनाले दुखाइ कम हुन्छ ।

३) स्मरणशक्ति बढाउँछ

रोजमेरीमा कारनोसिक नामक तत्व पाइन्छ, जसले दिमाग स्वस्थ राख्नुको साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ । यसको अलवा रोजमेरीको प्रयोगले अल्जाइमर जस्ता मानसिक रोगबाट पनि छुटकारा दिलाउँछ ।

४) माइग्रेन टाढा हटाउँछ

विश्वमा नै जटिल मानिएको माइग्रेनको उपचारमा रोजमेरीले समाधान निकालेको छ । रोजमेरीलाई माइग्रेनको प्राकृतिक उपचारको रूपमा लिन सकिन्छ ।

५) अल्सरबाट बचाउँछ

रोजमेरीमा एन्टिब्याटेरियल तत्व हुन्छ, जसले धेरैको पेटमा देखिने अल्सरबाट बचाउँछ । यसको साथै पाचन प्रणालीमा पनि यसबाट धेरै फाइदा लिन सकिन्छ ।

६) प्रतिरोधात्मक क्षमता बढाउँछ

रोजमेरीमा पाइने एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लेमेटरी गुणको कारण यदि यसको नियमित सेवन गरेमा मानिसको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

७) कपालको लागि फाइदाजनक

रोजमेरीमा सल्फर र सिलीका पाइन्छ, जसले कपाल झर्न रोक्छ । कपालको जरासम्म पुगेर कपाललाई मजबुत पार्छ ।

८) लामखुट्टे भाग्छ

रोजमेरी बिरुवा लगाएको ठाउँमा लामखुट्टे भाग्छ !

९) ब्लड प्रेसर बढाउन मद्दत गर्छ

११) पिज्जा, तरकारी, चिया आदिमा मसलाको रूपमा प्रयोग गर्न सकिन्छ

रोजमेरीको दुष्प्रभाव

१. मानसिक विकार

रोजमेरीको अत्याधिक सेवन तपाईंको लागि हानिकारक हुनसक्छ । यसले मानसिक विकार पैदा गर्न सक्छ ।

२. रक्तश्राव

रोजमेरीको विना सल्लाह अधिक प्रयोग गरेमा रक्तश्राव हुने खतरा बढ्छ ।

३. गर्भपात

रोजमेरीले महिलाको मासिक प्रक्रिया तथा गर्भासयलाई प्रभावित पार्दछ । तसर्थ उचित जानकारी विना यसको प्रयोग गर्नालो महिलाको स्वास्थ्य बिग्रनुको साथै गर्भपतनको पनि सम्भावना रहन्छ ।

#दि सोल्टी काठ​मान्डौमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...