Friday 3rd April 2026

समुन्द्रा शर्माको झरना – २


” झरदेखी झरनासम्म , हाम्रो यात्रा सागरसम्म ”

झरना:-१० झर

१. हावाहुरीले निभाउन खोज्छ
दियो उज्यालो जब पोख्न खोज्छ ।

२. रोकेर रोक्न सकिन्न गति
अबरोध खोज्छ कसैको मति ।

३. फुकाइ पोको मनको विसाइ
क्लेश नराखी गर है सफाइ ।

४. टाढा रहेर पनि हुन्छ आफ्नो
स्नेह कहिले हुदैन विरानो ।

५. घुम्ती धेरै बनेछन् कुराको
कसरी बुझ्नु चाल छुराको ।

६. सही गलत छुट्याउन सिक
सुविचार मनमा जगाउन सिक।

७. जानेर हो वा नजानी गरेको
सत्य तथ्य खोइ खोजी गरेको ।

८. तलाउ जस्ले खनी बनायो
माछा राखेर पानी सुकायो ।

९. विचित्र कला , परिष्कृत गला
लगाउन खोज्छन् सदैव माला ।

१०. आफू सहि छु , सहि छ बाटो
अनमोल छु ठान्नु गलत हो पाटो ।

समुन्द्रा शर्मा
इटहरी


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...