Saturday 4th April 2026

रामराजा के.सी. को झरना – २


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

१. संसारै मेरो भनेर नि
को सँधै बाँचि रहनी ?

२. भनिन्छ संसारमा ठूलो मन,
मन मात्र हैन आजकल चाहिन्छ धन ।

३. बास मात्र आमाको कोखमा लिएको हो,
बाँचुन्जेल साथ त श्रीमतीलाई दिने हो ।

४. मुटुको कुनै कुनामा लुकेको भए माया,
आऊ बस जीवनभरि मेरो दायाँ बायाँ ।

५. मितेरी साइनो गाँस्दै
भँड्खारोमा भास्दै ।

६. स्वार्थि म मात्र हैन,
दुनियाँ कुनै कम छैन ।

७. माना पाथी भर्दै,
बित्यो जीवन लेक बेसी गर्दै ।

८.जिन्दगीको जेल,
पसिनाको खेल ।

९. नसोचे हुन्छ सबैले
बगेको खोला फर्कन्न कहिले ।

१०. पठाएको छु सम्झनाका कोसेली मैले
नबिर्सनु तिमीले कैले ।

रामराजा के.सी., फर्पिङ, काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...