Saturday 4th April 2026

सुजिता के. सी. को झरना – २


“झरदेखि झरनाम्म, हाम्रो यात्रा सागरसम्म”
झरना (दश झरहरू)

१. देशको भार बोक्न खोज्ने
कर्तव्यको बाटो नरोज्ने ।

२. आफूलाई भगवान ठान्ने
धर्मलाई व्यवसाय मान्ने ।

३. दुनियाँमा किर्ति कमाउने चाहाना
काम गर्नु परे हुन्छ बाहाना

४. धैर्यताको परेको छ खाँचो
सबै झुटो छ देखिन्न केही साँचो ।

५. फोटो खिचाएर ख्याती कमाउने
समाज सेवा भन्दै आफू रमाउने ।

६. कुरा हुन्छ ठूलो काममा हिम्मत हार्छन्
हामी जस्तालाई त अलपत्रमा पार्छन् ।

७. दोष दिनु कसलाई
भाग्यमा ग्रहण लागेपछि ।

८. अब अति भयो, सहने शक्ति चाहियो
विश्वासमा धेरै धोका खाइयो ।

९. राम्रो बन्नलाई होइन
राम्रो बनाउनलाई सोच्नु पर्छ ।

१०. मेरो आँखाले
दुःख मात्र नियाल्छ ।

सुजिता के.सी., फर्पिङ, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...