Monday 19th January 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २४


गजल

फिकाफिका जिन्दगीमा,गाढा रङ्ग भर्छु भन्थ्यौ।
सधैं फुल्ने फुल हुँ म, ओइली कहाँ झर्छु भन्थ्यौ।

दुई दिन मात्रै बाँचे पनि, हाँस्दै खेल्दै रमाउँदै,
मायारुपी ठुलो सागर, सङ्‌ सङ्गै तर्छु भन्थ्यौ।

ढकमक फुलेकी छौ, बगैंचाको फुल जस्तै,
जता मिठो बास्ना चल्छ,उतै डेरा सर्छु भन्थ्यौ।

दिनको घाम रातको जुन, भइ यहाँ उदाएर,
तिम्रो मुहार फेर्नलाई, राम्रो काम गर्छु भन्थ्यौ।

सफलताको शिखर चुमी हाँसी खुसी भइ यहाँ,
दिर्घ आयु होस भनी, अमृत जल छर्छु भन्थ्यौ।

पिर गर्नु तिमी भन्दा, पहिला म नै मरि गए,
चोखो माया मार्नु परे, तिम्रै सामु मर्छु भन्थ्यौ।

पापी दैबको त्यो नजर, लागि हामी छुट्यौं भने,
बियोगमा तड्पिएर, अग्नि रापमा पर्छु भन्थ्यौ ।

 

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा८,सुनखानी,दोलखा ।
(रचना : २०७८जेठ १९ बुधबार)


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...