Tuesday 6th October 2026

अक्सिजन सिलिन्डर सहयोग जुटाउन कस्सियो मोरङसुनसरी सेवा समाज कुवेत


तितोपाटी- मोरङ,सुनसरी, जिल्ला घर भई वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहँदै आएका मोरङ, सुनसरीका युवाद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन गरेका छन। कोभिडको दोस्रो लहरले मातृभुमी आक्रान्त बनेको उल्लेख गर्दै मोरङसुनसरी सेवा समाजले उक्त अभियान संचालन गरेको हो।

झण्डै ७० ओटा अक्सिजन सिलिन्डर संकलन गरी मोरङ र सुनसरिका विभिन्न प्रभावित क्षेत्रमा वितरण गर्ने उदेश्य सहित अभियान सञ्चालन गरेको छ।

सहयोगका लागि अपिल गर्दै संस्थाले भनेको छ‘कोभिडको दोस्रो लहरको महामारीले हाम्रो गृह जिल्ला पनि आक्रान्त बन्दै गइरहेकाले जिल्लावासीहरुमा त्रास उत्पन्न भएको छ भने अक्सिजन र औषधीजन्य अभाव देखिएको छ । यस अवस्थामा मोरङसुनसरी सेवा समाज कुवेतको ध्यानाकर्षण भई आर्थिक सहयोग संकलन अभियान संचालन गरेको हो ।

मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा अक्सिजन सिलिन्डर पुर्‍याउने उदेश्यले मोरङसुनसरी सेवा समाज केन्द्रले चालेको अभियान संग सहकार्य गर्दै विस्वभरिबाट मोरङसुनसरी सेवा समाजका प्रवास शाखाहरुबाट आर्थिक संकलन अभियान चलाए संगै मोसु कुवेतले पनि सो अभियान चालेको मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुले बताएका छन।

अध्यक्ष लिम्बुले मोरङ र सुनसरिबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतलाइ कर्मथलो बनाइरहेका सबै प्रवासिहरुलाइ यश अभियानमा जोडिन अनुरोध गरेका छन। उनले मोरङ र सुनसरी बाहेकका प्रवासी सम्पुर्ण कुवेतका श्रमिकहरु र कुवेतमा स्थापित संघ संस्थाहरुलाइ समेत यश अभियानमा जोडिनका लागि अनुरोध गरेका छन। सहयोग गर्न चहानुहुने जो कोहिले पनि यी नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

अरुण लिम्बू-५५४५४८१८
उपेन क्षेत्री-६७०१००६८
दिलकुमार पाख्रीन- ९७५५७३१३


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...