Saturday 4th April 2026

श्रीकृष्ण शर्माका पाँच टुक्का कविता


(टुक्का: दुई लाइनको पद्य कविता)

//१//
धेरै सुन्दर हुनु वर्जित छ यो सहरमा
बारुदको गन्ध आउँछ फूलको रहरमा ।

//२//
गुलावमाथि टप्केको शीत हुँ याद गर
सुनमाथिको पुलिक सुन्दरताको घर ।

//३//
पाएमा रम्छन् मीठो खाना अनि राम्रो नाना
खाई, खेली बिना सुर्ता जिउँछन् बाल साना ।

//४//
आजका कोपिला यी भोलिका कर्णधार हुन् स्वर्णका दाना
शान्तिका क्षेत्र अबोध बालबालिका झन् द्वन्द्वको निसाना ।

//५//
मख्ख छौँ घर पोलेर भए पनि खरानी पाइयो
नेताले यो देश खाएपछि विकास किन चाहियो ?

श्रीकृष्ण शर्मा पोखरा


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...