Monday 19th January 2026

मनबहादुर खत्री ‘मनु’ का पाँच मुक्तकहरू


१.
नेपाल देश सुन्दर भेष हेर्दैमा क्या राम्रो,
पहाडी स्वच्छ हावा र पानी फेर्दैमा क्या राम्रो ।
मुनाल डाँफे मयुर अनि गुराँस झुलेका,
मौलिक भाषा पोशाक हाम्रो बेर्दैमा क्या राम्रो ।

२.
दुनियामा समयको खेल भयो,
मान्छे नै कोरोनालाई तेल भयो ।
छैन अछुतो वृद्ध, बाल, बयष्क,
हे प्रभु ! विज्ञान पनि फेल भयो ।

३.
हिड्दाहिड्दै ढल्दैछ जीवन,
बोल्दाबोल्दै गल्दैछ जीवन ।
डढेलोमा जङ्गल जले सरी,
झ्याप्पझुप्प जल्दैछ जीवन ।

४.
विनाकाम लखर–लखर जान्छौ कहाँ तिमी ?
लुकीलकी अनेक खुराक खान्छौ कहाँ तिमी ?
पालना गर्छौ या गर्दैनौ स्वास्थ्य मापदण्डको,
एकबारको जिन्दगी यो लान्छौ कहाँ तिमी ?

५.
कता गए निको हुने ?
कता भए छिटो हुने ?
धौडधुप त चलेकै छ,
कसो गरी हिरो हुने ?

मनबहादुर खत्री ‘मनु’
इस्मा–२, मैनडाँडा, गुल्मी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...