Saturday 4th April 2026

निरू गाैतमको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना ‘१’

कलियुगमा पापीको बोलवाला हून्छ
सिधा साधा सधैँभरि भित्र भित्रै रुन्छ ।

बाँसुरीको धुन मीठो मानिसको गुन
पूर्णिमाको जून मीठो तरकारीमा नुन ।

उमेरसँगै ओइलाउँछ जिन्दगी
बन्दो रहेछ खाली ईश्वरको बन्धकी ।

जीवन रहेसम्म जिम्मेवारी रहने
बुढेसकालको गर्हौ भारी कसरी सहने ।

सिरानी एक्लोको साथी भएछ
सॅग सॅगै हाँस्ने सॅगै रूने रहेछ ।

जिउने रहरमा हस्पिटल गएकी
दुःखद कुरा बाघको भोज भएकी ।

सुगन्ध बोकी हिँड्छ पवन
मनमा ल्याउँछ स्वर्गीय चयन ।

जीवन संघर्षको विशाल मैदान हो
अल्छीलाई घाँडो ज्ञानीलाई फाइदा भो ।

दैवको खेललाई रोक्न सकिन्न
मनका बह सबै पोख्न सकिन्न ।

कर्मको फल खानु कति आनन्द
सत्कर्म गरी जानु कति आनन्द ।

कक्टेल जिन्दगी बुझ्न नै गार्हो
बक्र गोरेटो छुट्याउन अति साह्रो ।

निरू गौतम
मोरङ


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...