Monday 19th January 2026

कविता केशरी र जे. के. तिम्सिनाका एक/एक डाली कोपिला


“कोपिला हुँ डाली मै फुल्दछु, फुल्दा फुल्दै बगैंचामा पुग्दछु”

डाली

तिम्रै मनभित्र पस्न आएको म
हृदय ठाउँ खाली छ छैन मलाई
पसेर एकछिन बस्न आएको म

मलाई निकै आछु पार्यौ तिमीले
मुखमा राम राम बगलीमा छुरा रहेछ
जिन्दगीका बाटासबै बार्यौ तिमीले

आँखामा नशा रहेछ मतायौ किन
म हिमाल बसी चिसामा रमाउने परिलाई
तराईमा झारी झारी ततायौ किन

भयोअर्काको माटो टेक्नु छ‌ैन
घुमछु डाँडापाखा आफ्नै खेतबारीका
बनावटी बगैचा देख्नु छैन

लामो बाटो धाएर आएँ गाउँमा
मैदानमा उत्रिएर घर सोध्दै सोध्दै
तिम्रो निम्ता पाएर आएँ गाउँमा

कविता केशरी

डाली

उडाउला बतासले सग्लो छु नभन
कति क्यारेटका छौ, कसी लगाउँछ समाजले
धुरीमाथि चढेर अग्लो छु नभन।

सिरानीमा सर्प पालेँछु मैले
सिक्दासिक्दै सकिने भो जिन्दगानी
बालुवामा पानी हालेँछु मैले।

प्रमाणपत्र घाममा सुकाइदेऊ
तिम्रो विद्वता व्यवहारमा झल्कियो
खोटोपैसा खाममा सुकाइदेऊ।

खेल हो हारेर नरुनू
हारजीत हुन्छ, मैदानमा उत्रेपछि
हरेस खाएर नरुनू।

चट्टान बनेर सामना गर्नुपर्छ
जीत हुनेछ सत्यको, सूर्य छेकिन्न हत्केलाले
उज्यालो हुन्छ कामना गर्नुपर्छ।

जे. के. तिम्सिना, झापा

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...