जीवनलाई कथा बनाई जेल्नी नगर
शब्द माथि शब्द मिसाएर झेल्नी नगर ।
सुख दुःख आउँछ जीवनमा पालै पालो
हाँसो पाउन, आँसु झार्दिन रेल्नी नगर ।
जति ढल्काए पोखिईरहन्छन् आँसु झरी
घायलमाथि शब्दहरूले बेल्नी नगर ।
कमजोर होलान् लोलाएका मानसिकता
भिरालो नै छ भिरको बाटो ठेल्नी नगर ।
आउला दिन गरिबले पनि पेट भर्ने
घाउमाथि नुनचुक छरी पेल्नी नगर ।
-सविता के.सी.
काठमाडाैं
२०७८/०२/२१