Friday 3rd April 2026

कुवेतको जाबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाल आज चाइनिज ताइपेइसँग भिड्दै


तितोपाटी- कतार विश्वकप २०२२ तथा एसियनकप २०२३ को छनोट चरणअन्तर्गत आज नेपाल पहिलो खेलमा चाइनिज ताइपेइसँग भिड्दै छ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपाल आज पनि विजयी हुँदै अघिल्लो चरणको सम्भावनालाई जोगाउने प्रयासमा हुने छ ।

विश्वकप छनोटअन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाली तालिकामा तीन अंक बनाएको छ । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशाला चाइनिज ताइपेइविरुद्ध मैदान उत्रँदा नेपाल सोही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई जीवन्त राख्न चाहन्छ ।
तर, कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि सहजचाहिँ हुने छैन । प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले आजको खेलामा जित निकाल्ने विश्वास व्यक्त गरे । ‘हामी एएफसी एसियाली कप क्वालिफायरको अवसरका लागि चौथो स्थान पाउन चाहन्छौँ र त्यसका लागि हामीले आज खेलमा जित्न निकाल्नै पर्नेछ’, उनले भने ।
यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्यधिक गर्मी मौसममा अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपाल बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्ग हुँदै कुवेत पुगेको थियो ।
चाइनिज ताइपेइ पनि अघिल्लो खेलमा भोगेको हारको बदला लिने लक्ष्यका साथ नेपालविरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेइका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड १९ संक्रमित भएपछि टोली केही महत्त्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन् । सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ ।

छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । होम गेमको रूपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रूपमा रहेको भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो ।

फिफा वरियताको १ सय ४१औँ स्थानमा रहेको चाइनिज ताइपेई र १ सय ७१औँ स्थानमा रहेको नेपाल अहिलेसम्म दुई पटक आमनेसामने भएका छन् । पहिलो खेल ६ जुन २०१९ मा दरशथ रंगशालामा भएको थियो । मैत्रीपूर्ण उक्त खेलमा १–० ले पछि परेकाे अवस्था उल्ट्याउँदै नेपालले १–१ को बराबरी खेलेको थियो । दोस्रो पटक १० सेप्टेम्बर २०१९ मामा चाइनिज ताइपेइको मैदानमा नेपालले विश्वकप छनोट खेलेको थियो, त्यसमा नेपालले २–० गोलको जित निकालेको थियो


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...