Saturday 4th April 2026

सुजिता के.सी.को झरना – १


“झर देखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

१. मनमा बस्नलाई टाढा हुनुपर्छ
नजिक त दाग देखिन्छ ।

२. सँगै हुँदा एक्लाे बनायाे संसार
सम्बन्ध जाेड्न अायाे संचार ।

३. बाजेकाे पालामा चिठी अाेसार्ने परेवा
अहिले बिस्कुन अाेसार्छ ।

४. सञ्चार क्षेत्र फैलँदै गयाे
हुलाक अब हराउने भयाे ।

५. भयाे विद्यालय बन्द
खेलाैना बन्याे माेबाइल ।

६. किताब बाेक्ने हातहरू
माेबाइल चलाउन थाले ।

७. जानेकाे जति पनि भुल्ने भयाे
देशकाे भविष्य अन्याैल तिर गयाे ।

८. रमाइलाे त बालबालिकालाई भयाे
ठूलालाई छाक टार्ने समस्या अायाे ।

९. रमाइलाे लाग्छ अरुकाे बाल्यकाल
अाफ्नाे त थाहा पाइएन ।

१०. यस्ताे बेला पनि अायाे
घर बन्याे जेल ।

सुजिता के.सी.
फर्पिङ , काठमाडौ


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...