Saturday 3rd October 2026

राष्ट्रको ढुकुटीमा हाली मुहाली गरेर भ्रम छर्नु अपराध हो


डा.अम्बरिश पोख्रेल- नेकापा एमालेका बरिष्ठ बुद्धिजीवी तथा नेपालका अर्थशास्त्री डक्टर गोविन्द थापा र विवेकशील नेपालीका एउटा प्रमुख हस्ती (संस्थापक गोविन्द नारायण पछिका) उज्जल थापा दुवैलाई बेशार पानी र बेलाउतिका पात थिचेर, पिसेर, सुँघेर, चाटेर, झोल पारेर गत एक वर्ष देखि पिउँदा पनि, उहाँहरू कोरोनाबाट बच्न सक्नु भएन ! डक्टर थापाको आज मृत्यु भइसकेको छ भने, उज्जल थापा भेन्टिलेटरमा अन्तिम लडाई लड्दै छन् ।

२. कोरोनाबाट बच्ने विकल्प भनेको, दुई डोजको भ्याक्सिन प्रयोग गर्नु हो । विज्ञानले प्रमाणित गरिसकेको कुरा हो । यही सत्य हो । अरु सबै बकबास हो । उहाँहरूले सुई लगाउन पाउनु भएको भए, बाँच्नु हुन्थ्यो कि! के थाहा ।

३. यी दुई प्रतिनिधि पात्रहरू हुन् । यसरी नै हज्जारौं नागरिकहरुको मृत्यु भइसकेको छ, होईन र ? मृत्युमा धकेलिएको छ, लाखौ नागरिकहरुलाई । सरकार बेखबर छ साधारण नागरिकका लागि ।

४. तर, नेपाली नागरिकहरुको मृत्युको बदलामा देशका ठूला ठूला पार्टीका नेताहरु सत्ताको चरम खेलमा लिप्त हुँदै, अकुत सम्पत्ति कमाउने धन्दामा सक्रिय रहेको कुरा दिन जत्तिकै छर्लङ्ग छ ।

५. मृत्यु तपाईंको घर घरमा नआएको हुन सक्दछ । सत्ताको प्रयोग गरेर, छलछाम गरेर कसैले एक वा दुई डोज सुई लगाउँदैमा, अहिलेको चरम ब्यबस्थालाई काध हाल्नु पनि अपराध हो ।

६. अपराध पनि थरी थरीका हुन्छन्। भौतिक मानसिक, प्रत्यक्ष, अप्रत्यक्ष, मन्द तथा तिब्र गतिका । यो प्रकारको चरम लापरवाहीलाई ढाकछोप गर्नु पनि समाजको हित विपरित अपराध हो ।
७. दरबार भित्र आफू सुरक्षित बसेर वा आफूलाई पुगेर अरूलाई सकारात्मक हुने अर्ति उपदेश दिनेहरू समाजका विसंगति विकृतिहरूका वाहक हुन । कोरोना अव्यवस्था लाई ढाकछोप होइन, उजागर गरेर राज्यलाई आफ्नो जिम्मेवारी पूरा गर्न झक झकाउनु सचेत नागरिकहरुको अधिकार तथा कर्तव्य भएको छ ।

८. स्मरणीय छ, सत्तासँग पहुँचवाला बीस वर्ष देखि माथिका अनैतिक हजारौंले एक वा दुई डोजको भ्याक्सिन प्रयोग गरिसकेका छन् । तिनीहरूले नै हामीलाई भ्रम दिँदै भन्ने गर्छन्, सरकारले गर्दै छ । गरेको छ । गर्ने छ भनेर अर्ति उपदेश दिने गर्छन् ।

९. तिनीहरूलाई एउटै प्रस्न सोधौँ: यो एक डेढ वर्षमा सरकारले किन एउटा पनि आइसियु बेडहरु तथा भेन्टिलेटर वा अक्सिजन प्लान्ट हरुको ब्यबस्था गरेन वा किनेन ? थप एम्बुलेन्सको ब्यबस्था किन गरेन ? तर गत दुई वर्षमा दश अर्ब रुपैयाँ बराबरको सवारी साधनको खरिदको लागि बजेट निकासा गरेको थियो किन ? जनताको स्वास्थ्य किन कहिकतै प्राथमिकतामा परेन ?

१०. विज्ञानमा विश्वास गरौँ । सबै जनताको लागि भ्याक्सिन किनेर छिटो भन्दा छिटो उपलब्ध गराउन सरकारलाई हामी सबैले दबाब सृजना गरौं । जम्मा दुई करोड जति भ्याक्सिन किन्नु भनेको ठूलो कुरा होइन राज्यको लागि । अन्तिम विकल्प यही हो । विकल्पको लागि आवाज उठाउने गरौं । शासकका कान् हरुमा आवाजको झिर रोपौं ।
अस्तु ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...