Saturday 4th April 2026

आर्त अकुलीनको गजल संग्रह – १


बाहिर कतै भगवान नखोज ।
नगरी काम पहिचान नखोज ।

देश रुँदा कहिल्यै मन रोएन,
परदेशमा स्वाभिमान नखोज ।

हत्या हिंसात्मक रूप बढेपछि,
मानव हुनुले त शान नखोज ।

मन्दिरभित्रै मूर्तिहरु चोरेर,
भगवानकै वरदान नखोज ।

आर्त देखेर अपमान गरेथ्यौ,
काम भनेर अनुदान नखोज ।

आर्त अकुलिन
लम्की , कैलाली


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...