Saturday 4th April 2026

साहित्यः महेन्द्र मान बलामीको झरना


“झर देखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना(१० झर)

१)
आउनु पर्ने आएन, चित्त बुझाएँ
संसार यस्तै रहेछ, आफैँ सुझाएँ ।

२)
रोई किन बस्नु पर्‍यो? हाँसौँ मुसुमुसु।
जिन्दगानी बितेकै छ, त्यसै खुसुखुसु।

३)
चिसो पानी नारायण थान
आफैँ जानू गर्नू जलपान ।

४)
गोरखनाथ गुफा ठूलो पुरातात्त्विक दुलो,
भित्र पस्दा लाग्न सक्छ सिद्धिदायक धुलो ।

५)
सरस्वती मन्दिर छ स्वउत्पत्ति भएका।
तारा भनी “तु तारे”का मन्त्र जप्दै गएका ।

६)
वज्रधारी योगिनी छन् आकाश मार्ग धाउने
बौद्धमार्गी प्रसन्न भई,मन मुटुमा लाउने ।

७)
दक्षिणीकाली इन्द्रायणी बाराही छन् निल
सबका आफ्नै विशेषता,अनि आफ्नै शील ।

८)
महालक्ष्मी पञ्जल गणेश गोपालेश्वर धाम,
चारैकिल्ला सुरक्षित छन् चारै ठूला थाम ।

९)
शेष नारायण शेषमाथि बिराज गरेकै छन्
पहाडको चट्टानमाथी आकार धरेकै छन् ।

१०)
खोजे अरु धेरै बाँकी दक्षिण गोदावरी,
पुण्यकर्म गर्ने थलो फर्पिङ सराबरी।

महेन्द्र मान बलामी
दक्षिणकाली-९, फर्पिङ, काठमाडौ ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...