Tuesday 23rd December 2025

नेपाली राष्ट्रिय फुटबल टिम कुवेत आइपुगे


तितोपाटी- नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेका छन् । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत आइपुगेका हुन् ।

नेपाली टिम इराकबाट स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेका थिए ।
कुवेत पुगेलगत्तै नेपाली टिम कोरोना भाईरसको पीसीआर टेष्ट गरिएको छ । विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल इराकसँग ६-२ गोल अन्तरले पराजित भएको थियो । समूह ‘बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । यद्दपी बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना भने रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी रहेको छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।खेलपाटीबाट


सम्बन्धित शीर्षकहरु

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

प्रतिकृयाहरू
...