Saturday 4th April 2026

नेपाली राष्ट्रिय फुटबल टिम कुवेत आइपुगे


तितोपाटी- नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेका छन् । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत आइपुगेका हुन् ।

नेपाली टिम इराकबाट स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेका थिए ।
कुवेत पुगेलगत्तै नेपाली टिम कोरोना भाईरसको पीसीआर टेष्ट गरिएको छ । विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल इराकसँग ६-२ गोल अन्तरले पराजित भएको थियो । समूह ‘बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । यद्दपी बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना भने रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी रहेको छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।खेलपाटीबाट


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...