Monday 19th January 2026

साहित्यः चन्द्रावती अधिकारीको झरना


“झर देखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म ”


घुसखोरी दादागिरी यिनी जान्दैनन्,
सत्य कुरा नलेखेर यिनी मान्दैनन् ।


जय जय समाजको आवाज बोल्दिनेलाई,
गन्हाउने फोहरको ढल खोल्दिनेलाई।


जयजय गान गरौँ कस्को अब हामी
राम्रो काम गर्ने पो त बन्छ यहाँ नामी।


नामको मात्र भोको बन्छौ माखो मर्या हैन ,
जनताको पीर मर्का पर सर्या हैन ।


कागलाई बेल पाक्यो हर्ष न छ बिस्मात ,
अनि फेरि भन्नुपर्छ अभागी यो किस्मत ।


अझै पनि धाक धम्की रबाफ लगाउँछौँ ,
सही मार्ग देखाउँदा जवाफ लगाउँछौ।


पदभित्र छिर्यौ तिमी हामीले पठाएर
मालिक बन्छौ अनेकथरी निर्देश खटाएर ।


निरीह नै सम्झ्यौ क्यारे चूप भई बस्दा ,
सम्मान गर्न बिर्सिदियौ हामी तल खस्दा।


घोक्रे ठ्याक लगाएर जाने दिन आउला
होस गर गरिबले अझै दुःख पाउला।

१०
साहित्यकार समाजको दर्पण हुन् ,
यिनलाई छेक्ने जन्मेको छ कुन्?

चन्द्रावती अधिकारी
दुराडाँडा – २, लमजुङ
हालः कोहलपुर वाँके।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...