Sunday 8th March 2026

साहित्यः चन्द्रावती अधिकारीको झरना


“झर देखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म ”


घुसखोरी दादागिरी यिनी जान्दैनन्,
सत्य कुरा नलेखेर यिनी मान्दैनन् ।


जय जय समाजको आवाज बोल्दिनेलाई,
गन्हाउने फोहरको ढल खोल्दिनेलाई।


जयजय गान गरौँ कस्को अब हामी
राम्रो काम गर्ने पो त बन्छ यहाँ नामी।


नामको मात्र भोको बन्छौ माखो मर्या हैन ,
जनताको पीर मर्का पर सर्या हैन ।


कागलाई बेल पाक्यो हर्ष न छ बिस्मात ,
अनि फेरि भन्नुपर्छ अभागी यो किस्मत ।


अझै पनि धाक धम्की रबाफ लगाउँछौँ ,
सही मार्ग देखाउँदा जवाफ लगाउँछौ।


पदभित्र छिर्यौ तिमी हामीले पठाएर
मालिक बन्छौ अनेकथरी निर्देश खटाएर ।


निरीह नै सम्झ्यौ क्यारे चूप भई बस्दा ,
सम्मान गर्न बिर्सिदियौ हामी तल खस्दा।


घोक्रे ठ्याक लगाएर जाने दिन आउला
होस गर गरिबले अझै दुःख पाउला।

१०
साहित्यकार समाजको दर्पण हुन् ,
यिनलाई छेक्ने जन्मेको छ कुन्?

चन्द्रावती अधिकारी
दुराडाँडा – २, लमजुङ
हालः कोहलपुर वाँके।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...