हाँसो त अब कहाँ छर उजाड मेरो जिन्दगीमा
आँसु पिउने बानी भयो बिछोडको बियोगान्तमा ।।
किनारमा पुग्न नपाई बगरमै छोडी दियौ
तिम्रो मेरो बिचको नाता बिचबाटोमै तोडिदियौ ।।
डढेलोको धुवाँ सँगै उड्यो मेरो खुशीहरु
मुटु जली रहे पनि जिउने बानी भयो बरु ।।
उत्सब मनाउला मेरो आफ्नै पीडा माथि
जिन्दगीमा भेटे मैले भनेर नै स्वार्थी साथी ।।
उपहार त आँसु पाएं उत्सब पनि मनाउनलाई
सलाई कोरि जलाउनेछू रोशनी दिन आफ्नै मनलाई ।।
दूई पलको जिन्दगीयो उदासमा नै बित्ने भयो
एकैपलमा उजाडेर मनको घर नै भत्की गयो ।।
जिउनलाई त सहारा नै साथ दिन आँसु भयो
ओठको हाँसो भन्ने मेरो सपना आखिर सपना रहयो ।।
जानकी “जानु”