Saturday 4th April 2026

कविताः सपना – जानकी “जानु”


हाँसो त अब कहाँ छर उजाड मेरो जिन्दगीमा
आँसु पिउने बानी भयो बिछोडको बियोगान्तमा ।।

किनारमा पुग्न नपाई बगरमै छोडी दियौ
तिम्रो मेरो बिचको नाता बिचबाटोमै तोडिदियौ ।।

डढेलोको धुवाँ सँगै उड्यो मेरो खुशीहरु
मुटु जली रहे पनि जिउने बानी भयो बरु ।।

उत्सब मनाउला मेरो आफ्नै पीडा माथि
जिन्दगीमा भेटे मैले भनेर नै स्वार्थी साथी ।।

उपहार त आँसु पाएं उत्सब पनि मनाउनलाई
सलाई कोरि जलाउनेछू रोशनी दिन आफ्नै मनलाई ।।

दूई पलको जिन्दगीयो उदासमा नै बित्ने भयो
एकैपलमा उजाडेर मनको घर नै भत्की गयो ।।

जिउनलाई त सहारा नै साथ दिन आँसु भयो
ओठको हाँसो भन्ने मेरो सपना आखिर सपना रहयो ।।

जानकी “जानु”


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...