Monday 19th January 2026

ज्ञानेन्द्ररत्न बज्राचार्यका पाँच स्वतन्त्र (टुक्रा) कविताहरू



शून्य आकाश नै कालो अँध्यारो
दिउँसै पूरै रात परे जस्ताे ।
याे के हाे? कस्तो हो यो माैसम ?
महाभूकम्प आउने खतरा जस्ताे ।


संसार कहाँ पुगे, हामी कहाँ छाैं
विडम्बना छ याे देशकाे ।
देश हाँक्ने संवाहक गन्तव्यहीन भए
गुमनाम याे देश निराशाकाे ।


चीन र रुस कम्युनिस्ट देश
त्यहाँका नेताहरु छन् जननायक ।
यहाँका कम्युनिस्ट नेता भनादाहरु
जालझेल निपूर्ण भन्छन् खलनायक ।


नेताहरुको हुंङ्कार राष्ट्रियताको नाममा
फगत त्यो त आडम्बरी नक्कली देखिएको ।
देशका होनाहार चिने जानेका नेताहरु सबै
विदेशीको रिमोट कन्ट्रोलबाट चल्ने गरेको ।


नेताहरुको अकर्मण्यताले यहाँ
जनताको शीर जहिले नि झुकेको ।
सार्वभौम सम्पन्न देश नेपालमा
परदेशीको गिद्धे नयनले सँधै घेरेको ।

ज्ञानेन्द्ररत्न वज्राचार्य, काठमाडौं


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...