Saturday 4th April 2026

झर देखि झरनासम्म ,हाम्रो यात्रा सागरसम्म -सविता के.सी.


झरना

१. मेरो एउटा साथी परदेश गाको छ
मेरो लागि केही खुसी ल्याउने भाको छ ।

२. कहाँ यसै कमाई हुन्छ, खुसी बेच्नु पर्छ रे
कमजोर ती पाखुरीमा बल भर्नु पर्छ रे ।

३. पसिनाको मूल्य छैन समय बेच्ने रे
साहुको ऋण पाटो बारी सम्झी बस्ने रे ।

४. गरिबको आँसु बेची धनी हुन्छन् रे
शोषणमा पारीपारी श्रम लुट्छन् रे ।

५. गाउँ घरको यादमा डुब्छ रे
गर्मी ठाउँ पोलिनु पर्छ रे ।

६. चौतारीको हावालाई सम्झिँदै बस्छन् रे
गर्मी मौसम पसिना बगाउँछन् रे ।

७. घरमा ऋण साहुको करकरले
स्वतन्त्र जीवन पाउने रहरले ।

८. सपनीमा सधैं आफ्नै देश देख्छु रे
विग्रिएको चाला देखेर रुन्छु रे ।

९. समयले कोल्टे फेर्ला आश गर्छु रे
आफ्नो देशमा गर्नुपर्छ मनले भन्छ रे ।

१०. परदेशबाट मेरो साथी आउँछु भन्या छ
मेरो लागि सुनको चुरा किन्छु भन्या छ ।

सविता के.सी.
काठमाडौ ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...