मान्छेबाट कहिलेकाँही, गल्ती पनि हुन सक्छ ।
जस्को कारण चोट लागि, मन धेरै रुन सक्छ ।
गरिबको जिवनमा,रोग,भोक,शोक,अभावले,
कोरिएका रेखा हजुर, आँशुले नै धुन सक्छ।
सहनशिल भै दुख,सुख,झेल्दै अघि बढ्नेले नै,
सफलताको शिखर चुमी,सबैको मन छुन सक्छ।
प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा,८ सुनखानी,दोलखा
बागमती प्रदेश ।
(रचना: २०७८ जेठ १४ शुक्रबार)