कोरोना नै भाईरल र मुख्य न्युज भैरहेछ ।
यसैभित्र मानिसको जीवन फ्युज भैरहेछ ।
कालो बजार दुई नम्बरी भ्रष्टाचार गरि गरि,
कमाउन यसैको पो राम्रो युज भैरहेछ ।
बिरालोलाई घण्टी बाँध्ने कुरा सँधै सोच्नेहरु ।
धेरै रैछन् अझै पनि राजगद्दी रोज्नेहरु ।
कमाउने माथि पुग्ने ठाउँ भेटे भने यहाँ ,
आफ्नै छोराछोरी ज्वाइँ श्रीमती खोज्नेहरु ।
***
टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश
०७८ ज्येष्ठ १४