प्यारो नबोल्नेले प्यारको कुरा गर्छन् यहाँ ।
छोडी जानेले इन्तजारको कुरा गर्छन् यहाँ ।
सागर जति आँशुको भेल बगाइदिनेले नै
सुन्दर प्रेमिल उपहारको कुरा गर्छन् यहाँ ।
जो कुवाको भ्यागुतो जस्तै कुवामै रमायो
आज ठूल्ठूला सन्सारको कुरा गर्छन् यहाँ ।
उदाएको घाम पश्चिमै डुब्छ सबैलाई थाहा छ
बडो उधुम गरे झैं चमत्कारको कुरा गर्छन् यहाँ ।
पीडाका ज्वारभाटा छातीमा उर्लन्छन् जब
केवल बनावटी माया हतारको गर्छन् यहाँ ।
-गोमा कुमाल
माथागढी २ पाल्पा, लुम्बिनी प्रदेश