Sunday 16th November 2025

प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्चमा २२ वटा रिट निवेदन पेश


तीतोपाटी – प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा २२ वटा रिट निवेदन पेश भएको छ । कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । कुनै पनि नागरिकले सार्वजनिक सरोकारको विषयमा रिट लिएर अदालतमा जान सक्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । शुक्रवार राती राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

अधिवक्ता सन्तोष भण्डारी, किर्तिनाथ शर्मा पौडेल र वीरभद्र जोशीसहितका कानुन व्यवसायीले रिट पेश गरेका छन् । सर्वोच्च प्रशासनले रिट अध्ययन गरिरहेको छ । अध्ययनपछि रिट दर्ता हुने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...