Saturday 4th April 2026

जसपाले महतोलाइ संसदीय दलको नेताबाट हटायो, ठाकुर सहित ४ नेतालाइ स्पष्टीकरण सोध्यो


तीतोपाटी – जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले राजेन्द्र महतोलाइ संसदीय दलको नेताबाट हटाएको छ भने अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति मध्ये यादव समुहका ३१ जनाको उपस्थितिमा कार्यकारिणी समितिको बैठक बसेको हो । राजेन्द्र महतोलाइ यस अघि नै संसदिय दलको नेताबाट हटाउन ठाकुर र यादव विच सहमति भए पनि ठाकुरले अाले टाले गरेपछि कार्यकारिणी समितिको बैठकले महतोलाइ संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवसहित शनिबार बसेको बैठकले चार जना नेताहरूले पार्टीको विधानविरुद्ध गतिविधि गरेको निष्कर्षमा पुगी स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । जसपाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाएको चारै नेतामाथि आरोप लगाइएको छ। त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदममा सहयोग गरेको आरोप जसपाले लगाएको छ।

ठाकुर–महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने निर्णय गरेको थियो । त्यस्तै ओलीको कदमलाई साथ दिँदै गठबन्धन गर्ने तयारीसमेत गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...