Saturday 24th January 2026

जसपाले महतोलाइ संसदीय दलको नेताबाट हटायो, ठाकुर सहित ४ नेतालाइ स्पष्टीकरण सोध्यो


तीतोपाटी – जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले राजेन्द्र महतोलाइ संसदीय दलको नेताबाट हटाएको छ भने अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति मध्ये यादव समुहका ३१ जनाको उपस्थितिमा कार्यकारिणी समितिको बैठक बसेको हो । राजेन्द्र महतोलाइ यस अघि नै संसदिय दलको नेताबाट हटाउन ठाकुर र यादव विच सहमति भए पनि ठाकुरले अाले टाले गरेपछि कार्यकारिणी समितिको बैठकले महतोलाइ संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवसहित शनिबार बसेको बैठकले चार जना नेताहरूले पार्टीको विधानविरुद्ध गतिविधि गरेको निष्कर्षमा पुगी स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । जसपाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाएको चारै नेतामाथि आरोप लगाइएको छ। त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदममा सहयोग गरेको आरोप जसपाले लगाएको छ।

ठाकुर–महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने निर्णय गरेको थियो । त्यस्तै ओलीको कदमलाई साथ दिँदै गठबन्धन गर्ने तयारीसमेत गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...