Saturday 4th April 2026

सुमन कडरियाका पाँच मुक्तकहरु



आए तिमी सपनीमा रात मीठो हुन्छ ।
चोखो सुन्दर चाहनाको बात मीठो हुन्छ ।
निभाकी छौ अभिभारा घर-व्यबहारको
त्यसैले त प्रिय तिम्रो साथ मीठो हुन्छ ।।


घुनहरु सत्ताभित्रै सल्किसक्यो हेर ।
ढोंगी साधु ठग्नलाई पल्किसक्यो हेर ।
शान्ति-सन्धि भएको नै डेढ दशक बित्यो
इमानदारी प्रतिबिम्ब झल्किसक्यो हेर ।।


खोज्दा खोज्दै आकार गल्छ जीवन ।
गर्दा गर्दै पत्यार, ढल्छ जीवन ।
जन्म्यो बढ्यो हुर्क्यो याम घर्किन्छ
हेर्दा हेर्दै निखार, बल्छ जीवन ।।


देवधाममै पुष्प व्यापार, जानेर पनि ।
बुझ पचाई गल्ती गर्छन्, बुझेर पनि ।
न्यायको बीउ मरेपछि, इमान उम्रन्न
नयनहरु होइन भन्छन् हेरेर पनि ।।


कर्म गरेँ पाइएला जस् भनेर ।
खटाएर खटिएँ म हस् भनेर ।
गधाझैँ लादिए हप्हपी गर्मीमा
छैन हरि कस्ले भन्ने बस् भनेर ।।

✍️सुमन कडरिया
चितवन ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...