१
आए तिमी सपनीमा रात मीठो हुन्छ ।
चोखो सुन्दर चाहनाको बात मीठो हुन्छ ।
निभाकी छौ अभिभारा घर-व्यबहारको
त्यसैले त प्रिय तिम्रो साथ मीठो हुन्छ ।।
२
घुनहरु सत्ताभित्रै सल्किसक्यो हेर ।
ढोंगी साधु ठग्नलाई पल्किसक्यो हेर ।
शान्ति-सन्धि भएको नै डेढ दशक बित्यो
इमानदारी प्रतिबिम्ब झल्किसक्यो हेर ।।
३
खोज्दा खोज्दै आकार गल्छ जीवन ।
गर्दा गर्दै पत्यार, ढल्छ जीवन ।
जन्म्यो बढ्यो हुर्क्यो याम घर्किन्छ
हेर्दा हेर्दै निखार, बल्छ जीवन ।।
४
देवधाममै पुष्प व्यापार, जानेर पनि ।
बुझ पचाई गल्ती गर्छन्, बुझेर पनि ।
न्यायको बीउ मरेपछि, इमान उम्रन्न
नयनहरु होइन भन्छन् हेरेर पनि ।।
५
कर्म गरेँ पाइएला जस् भनेर ।
खटाएर खटिएँ म हस् भनेर ।
गधाझैँ लादिए हप्हपी गर्मीमा
छैन हरि कस्ले भन्ने बस् भनेर ।।
✍️सुमन कडरिया
चितवन ।