अब घरैभित्र बस्ने छन् सबै जना।
सेनिटाइजर घस्ने छन् सबै जना।
सकिन्छ एक अर्कोलाई सघाउनु
भोकमरीमा फस्ने छन् सबै जना।
१
म मरेर तिमीलाई बचाउने छु।
सदैव यो दिलमा सजाउने छु।
जिन्दगीमा हाँसी खुसी बाँच्न,
तिम्रो हात सधैं समाउने छु।
२
अवस्था जटिल बन्दै गयो।
आजभोलि मात्र भन्दै गयो।
के कसो गरि बाँच्ने अब,
मर्नेको सख्या गन्दै गयो।
३
जब घरभित्र रासन सकिन्छ रोगको डर खतम हुन्छ।
बैंकको लोनले घर जाँदा बाँच्ने रहर खतम हुन्छ।
साँच्चिकै महामारी हो कि आतङ्क बुझ्न सकिएन,
जब अस्पताल र डाक्टरहरुको नै भर खतम हुन्छ।
४
सोचेकी थिइन वर्षों रोएर बस्नु पर्ला।
आँसुले यो अनुहार धोएर बस्नु पर्ला।
छैन सहारा कसैको हुँदामा एक्लो,
तिम्रै तस्बिर रातदिन छोएर बस्नु पर्ला।
५
सुशिला पौडेल
अर्घाखाँची