Sunday 18th January 2026

कोरोनाले सप्तकोसी नगरपालिकाकी उपमेयर चौधरीको निधन


तीतोपाटी डटकम-कोरोना संक्रमणका कारण सप्तरीमा सोमबारयता आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिकाकी उपमेयर आशा चौधरी पनि छिन् ।

विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । उनी नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् ।

सप्तकोसी–५ का वडाध्यक्ष दीपक लेखीका अनुसार संक्रमण देखिएपछि चौधरीलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनी गर्भवतीसमेत थिइन् । उपचारका क्रममा तीन दिनअघि चौधरीको पेटबाट मृत बच्चा निकालिएको अस्पताललाई उद्धृत गर्दै वडाध्यक्ष लेखीले बताए ।

‘घरमै गरिएको एन्टिजेन परीक्षणका क्रममा उपमेयर चौधरी, उनका पति र छोरामा संक्रमण देखिएको थियो,’ उनले भने, ‘त्यसपछि स्वास्थ्यमा केही जटिलता महसुस भएपछि स्थानीय उपचार केन्द्र हुँदै थप उपचारका लागि विराटनगर अस्पताल लगिएको थियो ।’

यस्तै गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार पाँच जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाका अनुसार राजविराज नगरपालिका–१ र ७ का एक–एक जना, विष्णुपुर गाउँपालिकाका एक जना, बोदेवरसाइन नगरपालिकाका एक जना र बर्दिवास घर भई राजविराज बस्दै आएकी एक महिलाको मृत्यु भएको छ ।

सोमबारै सप्तरीको कञ्चनरूप नगरपालिकामा दुई संक्रमितको मृत्यु भएको उक्त नगरपालिकाका स्वास्थ्य सह–संयोजक डम्बर गुप्ताले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
साभार-ईकान्तिपुर


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...