आँखा लोभी मन पापी अब त नगरे हुन्थ्यो ।
ईमानको पुलबाट बेइमानीहरु नतरे हुन्थ्यो ।
आक्रान्त दुनियाँ तड्पी तड्पी ढलेको बेला
स्वार्थ लिप्त नैतिकता तलतलै नझरे हुन्थ्यो ।
अध्यारो छिचोल्दै दिपक बल्नु पर्ने बेलामा
यो बिश्वासको बाती उधो उधो नसरे हुन्थ्यो ।
भरोसालाई लतार्दै ,पछार्दै, गिराउने अचम्म
झुक्ने र झुकाउने खेलमा अघि नपरे हुन्थ्यो ।
अति भयो अब त कति पर्खनु धर्म,धर्यताले
शुभ मुहर्तमा जुरेको साइत अब नटरे हुन्थ्यो।।
गंगा दाहाल
ललितपुर