Saturday 4th April 2026

सुरेश पाण्डेयको गजल संग्रह – ५


मैले यहाँ शिर झुकाउनुको कारण नसोध्नु ।
जिन्दगी यसरी सुकाउनुको कारण नसोध्नु ।

सबैको हृदयमा दया हुन्नँ आजभोली हेर्नुस
हुँदापनि चोटहरु लुकाउनुको कारण नसोध्नु ।

हाँस्ने बाहाना खोज्छ दुखमा पनि यो दुनियाँ
भित्रै बसि ढुङ्गा बुकाउनुको कारण नसोध्नु ।

जिन्दगी मेरो रहला नरहला यो महामारी बाट
फेरी पनि यो बत्ती टुकाउनुको कारण नसोध्नु ।

पहिला देखि इन्तजार मै गयो आधा जिन्दगी
अब बाचा बन्धन फुकाउनुको कारण नसोध्नु ।

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...