Thursday 29th October 2026

विश्वका १३ करोड ७ लाखले जिते कोरोना


तितोपाटी- विश्वभरका १३ करोड ७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांकीय विवरण उपलब्ध गराउँदै आएको वर्डोमिटरका अनुसार सोमबार बिहानसम्म विश्वभरका १३ करोड ७ लाख ८८ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका हुन् ।

वर्डोमिटरका अनुसार विश्वमा हालसम्म १५ करोड ३४ लाख ६९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिमध्ये १३ करोडभन्दा बढी संक्रमण मुक्त भएका हुन् ।
हाल विश्वभर १ करोड ९४ लाखभन्दा बढी सक्रिय संक्रमित रहेकामा १ करोड ९३ लाखभन्दा बढीको स्वास्थ्य अवस्था सामान्य छ भने १ लाख ११ हजार गम्भीर छन् ।
नेपालमै पनि हालसम्म २ लाख ८३ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३ लाख ३६ हजार ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १६ सय १२ जनाले संक्रमण जितेको मन्त्रालयले जनाएको छ । हिजो एकै दिन ७ हजार १ सय ३७ जनामा संक्रमण देखिएकामा २७ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ३ हजार ३ सय २५ जना संक्रमितको मृत्यु भइसकेको छ ।शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...