Thursday 15th October 2026

विश्वका १३ करोड ७ लाखले जिते कोरोना


तितोपाटी- विश्वभरका १३ करोड ७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांकीय विवरण उपलब्ध गराउँदै आएको वर्डोमिटरका अनुसार सोमबार बिहानसम्म विश्वभरका १३ करोड ७ लाख ८८ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका हुन् ।

वर्डोमिटरका अनुसार विश्वमा हालसम्म १५ करोड ३४ लाख ६९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिमध्ये १३ करोडभन्दा बढी संक्रमण मुक्त भएका हुन् ।
हाल विश्वभर १ करोड ९४ लाखभन्दा बढी सक्रिय संक्रमित रहेकामा १ करोड ९३ लाखभन्दा बढीको स्वास्थ्य अवस्था सामान्य छ भने १ लाख ११ हजार गम्भीर छन् ।
नेपालमै पनि हालसम्म २ लाख ८३ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३ लाख ३६ हजार ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १६ सय १२ जनाले संक्रमण जितेको मन्त्रालयले जनाएको छ । हिजो एकै दिन ७ हजार १ सय ३७ जनामा संक्रमण देखिएकामा २७ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ३ हजार ३ सय २५ जना संक्रमितको मृत्यु भइसकेको छ ।शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

प्रतिकृयाहरू
...