Saturday 5th July 2025

कुशल भुर्तेलले लगाए चौथो अर्धशतक


नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत अहिले भइरहेको नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले अर्धशतक बनाएपछि उनको अर्धशतक संख्या चार पुगेको हो ।

१३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । नेपालका लागि उनी सर्वाधिक अर्धशतक प्रहार पारस खड्कासँगै शीर्ष स्थानमा छन् । पारसले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् । यही सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका उनले एउटै सिरिजमा चार अर्धशतक प्रहार गरेका हुन् ।

यसअघि उद्घाटन खेलमै नेदरल्याण्ड्सविरुद्ध ६२ रन प्रहार गरेका उनले दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन बनाएका थिए । त्यसपछि नेदरल्याण्ड्सविरुद्धको खेलमा उनले ६२ रन नै बनाए भने लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध १६ रन बनाएर आउट भएका थिए ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

प्रतिकृयाहरू
...