Sunday 6th September 2026

रोजगारीका लागि भारत गएका फेरि गाउँ फर्किँदै


तितोपाटी- भोको पेट पाल्नकै लागि भारतमा रोजगारी गर्न गएका बाजुराका अधिकांश स्थानीय अहिले फेरि धमाधम गाउँ फर्किन थालेका छन् । गतवर्ष चैत वैशाखमा कोरोनाको कहरले भारतमा नौकरी छुटेपछि उनीहरु गाउँमा फर्किएका थिए ।

असोज कात्तिकमा कोरोनाका कहर अलि कम भएपनि उनीहरुलाई गाउँमा कुनै काम नमिलेपछि रोजगारीका लागि फेरि भारतमा गएका हुन् । भारतमा कोरोना फैलिँदै गएपछि नाेकरी बन्द भयो, अन्य कुनै उपाए नभएपछि आफू गाउँमा फर्किएको बूढीगङ्गा नगरपालिका १० का स्थानीय बलबहादुर नेपालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, गत वर्ष पनि यती बेला भारतमाका आएको कोरोनाको कहरले गाउँमा आयौ, क्रृण कर्ज गरेर फेट पाल्यौ, गाउँमा बस्दा अन्य केही काम नमिलेपछि फेरि केही गरेर खानुपर्छ भनेर भारतमा गयौ । अहिले पनि भारतमा गतवर्षकै जस्तै कोरोना फैलिएपछि पुन नौकरी टुट्यो अनी केही विकल्पन नभएपछि बालबच्चा काखमा च्याप्दै गाउँमा फर्किएका हौ ।
अहिले फेरि भारतमा कोरोनाको कहर बढ्दै गएकोले उनीहरुको नौकरी छुटेपछि गाउँमा फर्किनेको लहर भने निकै बढ्दै गएको छ ।
त्रिवेणी नगरपालिकाको खिरपाटाकाका स्थानीय पदम विकले भन्नुभयो, गत वर्ष कोरोनाको कारण नाेकरी छुटेपछि गाउँमा आयौ । गाउँमा बस्दा केही काम मिलेन केही महिनापछि कोरोनाको कहर कम भयो । अनी फेरि भारतमा गएर नौकरी लागेका थियौ । अघिल्लो वर्ष कै झै यो वर्षमा पनि भारतमा कोरोनाको कहर निकै बढेपछि नौकरी पनि छुट्यो अनी नौकी भएपछि फेरि गाउँमा पर्कियौ ।
बाजुराका बूढीगङ्गा, त्रिवेणी छेडेदह, हिमालि जगनाथ बुढीनन्दा गौमुल स्वाकिकार्तिक बडिमलिका नगरपालिका लगायतका स्थानीयहरु घरपरिवार पालन पोषण गर्नकै लागि वर्षेनी भारतमा जाने गर्दछन् । त्यसो त बाजुराका अधिकांश स्थानी तहले पनि बेरोजगार युवाका लागि रोकजगार मूलक कार्यक्रम लागु गर्दैँ आएका छन् ।
स्थानीय तहले सञ्चालन गरेका ती कार्याक्रमले केहीलाई सहज भए पनि गाउँमा भएका सबै वेरोजगारलाई भने नसमेटन सकेपछि बाजुराका अधिकांश स्थानीयवासी हिउँद वर्खाकै भारत जाने गर्दछन् ।
बाजुराका अधिकांश बेरोजगारी युवाका लागि बेरोजगार यूवाहरुका लागि स्वदेशमैँ रोजगारी दिनका लागि गाउँमै विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेको त्रिवेणी नगरपालिका नगरप्रमुख रामसिहं रावलले बताउनुभयो ।

गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ।…

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

प्रतिकृयाहरू
...